काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देश भित्रै रोजगारीका अवसर सृजना गर्ने बताएका छन् । शुक्रबार भक्तपुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभराम्भ गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
रोजगारीका लागि नयाँ नयाँ अवसरको खोजी गर्ने र वैदेशिक रोजगारीको विकल्प खोजिने प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले देश विकासका लागि अहिले उपयुक्त समय रहेको बताए ।
‘देशमा अहिले युवाको जनसंख्याको बाहुल्यता छ’ प्रधानमन्त्री ओलीले भने, ‘यही युवा जनशक्तिको परिचालन गरेर हामीले देश विकासको फड्को मार्नु पर्दछ । युवाहरुलाई रोजगारीका लागि विदेश जानु पर्ने बाध्यता हटाउछौं ।’
प्रधानमन्त्री ओलीले कतिपय मान्छेहरु क्रान्तीका नाममा हिंसा भड्काउन खोजेको बताएका छन् । ‘नेपाललाई गरिब बनाइ राख्ने षडयन्त्रमा कोही पनि फस्नु हुदैन’ प्रधानमन्त्री ओलीले भने, ‘हिंसालाई नेपाली समाजले अस्विकार गरिसकेको छ ।’ प्रधानमन्त्री ओलीले आजै कटुन्जे-सुवर्ण चौक-तीनधारा सडक निर्माणको पनि शिलान्यास गरेका छन् ।




प्रतिक्रिया