मित्र शेरबहादुरको व्यवहारले आश्चर्यचकित बनायाे: प्रधानमन्त्री ओली

मित्र शेरबहादुरको व्यवहारले आश्चर्यचकित बनायाे: प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक क्षेत्रमा निहुँ खोज्ने उद्देश्यका साथ मंगलबार कांग्रेसले आफुलाई सदनमा बोल्न नदिएको दावी गरेका छन् ।

संसदमा सम्बोधन गर्न नपाएपछि अपराह्न सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलले संसदमा असंसदीय क्रियाकलाप गरेको भन्दै आक्रोश पोखे ।

ओलीले भने, ‘प्रधानमन्त्रीलाई बोल्न रोक्नको लागि, संसदको काम कारवाही अवरुद्ध र्गयो, लामो लोकतान्त्रिक आन्दोलनबाट आएका मित्र शेरबहादुर देउवा आफैं नेतृत्व गरेर वेल घेर्ने कामको नेतृत्व गरेर जानुभयो, उहाँलाई संसदीय मर्यादा थाहा हुनुपर्ने ।’ देउवाले प्रधानमन्त्रीले होइन आफूले बोल्न पाउनुपर्छ भन्दै वेल घेराउ गर्न गएको देखेर आश्चर्यचकित भएको बताए ।

उनले प्रधानमन्त्री बोलेपछि प्रमुख प्रतिपक्षी दलको नेता बोल्ने अन्तर्रा्ष्ट्रिय प्रचलन भएको दावी गरे ।