मेरै कार्यकालमा गरिबी र बेरोजगारी हट्छ : प्रधानमन्त्री ओली

मेरै कार्यकालमा गरिबी र बेरोजगारी हट्छ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा विशेष जोड दिइएको बताउँदै आफ्नो कार्यकालमा मुलुकबाट गरिबी र बेरोजगारी हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उदघाटन गर्दै उनले गरिवी र बेरोजगारीको सामना प्रतिपक्ष–सत्तापक्ष दुवैले गरिरहनु परेको उल्लेख गर्दै मुलुकमा विद्यमान गरिबी र बेरोजगारी अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष दल काँग्रेसलाई पनि आग्रह गरे ।

‘मैले गरेका कामको चर्चा गरिरहनु पर्दैन,’ उनले भने, ‘तर सुन्दर, सुरक्षित र समृद्ध मुलुक बनाउन सबै लाग्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले शिक्षालाई जीवनउपयोगी बनाएर मुलुकमा गरिबी अन्त्य गर्ने र रोजगारीको अवसर सृजना गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

त्यसका लागि सरकारले आवश्यक जनशक्ति निर्माण हुने गरी शिक्षण संस्थाहरूको स्थापना गर्ने योजना रहेको उनले बताए ।