निवास सर्दै प्रधानमन्त्री ओली

निवास सर्दै प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली हाल बसिरहेको बालुवाटारस्थित मुख्य निवासबाट सर्न लागेका छन् ।

हाल प्रधानमन्त्री बसिरहेको निवासलाई भत्काएर नयाँ भवन बनाउने तयारी भएपछि ओली आफ्नो सरकारी निवास छाडेर यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना बस्ने क्वार्टरमा सर्ने भएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना पूर्व सभामुख कृष्णबहादुर महराको निवास खाली भएपछि उतै सरिसकेका छन् ।

तिमिल्सिना बसेको बालुवाटारकै सरकारी निवासमा प्रधानमन्त्री स्थानान्तरण हुने भएपछि भवन विभागले रंगरोगन र मर्मत सम्हार तथा साजसज्जाको कामलाई युद्धस्तरमा अघि बढाएको छ ।  सम्भवतः एकरदुई दिनमै उपयुक्त साइत हेरेर निवास सारिने स्रोतले बताएको छ ।