मलाई लखेटेर प्रधानमन्त्रीबाट हटाउन सम्भव छैन्,पार्टीभित्रैबाट एकिकरण रोक्न लागे : प्रधानमन्त्री

मलाई लखेटेर प्रधानमन्त्रीबाट हटाउन सम्भव छैन्,पार्टीभित्रैबाट एकिकरण रोक्न लागे : प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं -पछिल्लो समय सिंगापुरमा उपचार गराएर फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिंहदरबार आवतजात पातलिएको छ। धेरैजसो काम बालुवाटारबाटै हुन्छ। चीनका राष्ट्रपति सी चिनफिङको सफल भ्रमणपछि निकै उत्साही देखिएका प्रधानमन्त्री आफ्नै निवासमा लामो कुराकानी गर्ने मुडमा देखिए। क्याबिनेट बैठकसमेत केही पर धकेल्दै बिहीबार बिहान उनले कान्तिपुरसित १ घण्टा ४० मिनेट लामो कुराकानी गरे।

सरकार त एक्लै चलाउनुभएको छ । सरकारको नेतृत्व पनि आधा-आधा गर्ने भन्ने समझदारी थियो हैन रु त्यो कहिलेबाट लागू हुन्छ ?
-यदि कुनै समझदारी छ भने त्यो समझदारी आएका बेला ९कार्यान्वयन० हुने होला नि ? कुनै, केही हुनुछ भने त त्यतिबेला कुरा (समय आएपछि) हुन्छ । यो सरकार अरू कसैलाई हेरेर, अरू कसैको ‘लिडरसिप’ मा विश्वास गरेर बनेको हो र ? यो परिस्थिति मेरो ‘लिडरसिप’ मा बनेको हो, जसले जे भने पनि । अब मैले छोड्नलाई पनि समझदारी हुनुपर्छ होला । अहिल्यै छोड्ने, भरे नै छोड्नेजस्तो, लखेटेर हटाएजस्तो त होइन होला रु मलाई लखेटेर हटाउन सायद सम्भव पनि छैन होला । समझदारीका साथ हुने अपेक्षा हो भने यो समझदारीका साथ हुने अपेक्षाको यत्रो चर्चा कसरी भयो ?

तपाईंले दुई अध्यक्षबीचको पुरानो समझदारीको कुरा गर्नुभएको कि नयाँ समझदारी गर्ने भन्न खोज्नुभएको?
जे भए पनि । यदि मैले छोड्ने हो भने समझदारीसाथ छोड्ने होला नि ? अस्थिरता देखिने गरी ‘छोडिदिनुपर्‍यो, ल…ल…अब छोडिदिइहाल्नुपर्‍यो’, जतिबेर पनि, जोसँग भेट भए पनि, जहाँ पनि, जसले पनि यो कुरा गर्नुको अर्थ समझदारी खल्बल्याउने प्रयास हो । केही समझदारी छभने र समझदारी हुनेवाला छ भने त्यसलाई खल्बल्याउने प्रयास होइन यो ?
लोकतन्त्रमा स्थिरता, स्थायित्व, आवधिक निर्वाचन हुन्छन् । नेता, पार्टी छानिन्छन् । सरकार परिवर्तन हुन्छन्, त्यसको विधि हुन्छ । त्यो अस्थिरता होइन । तर अस्थिरताको सन्देश दिनुचाहिँ गलत हो । अमेरिकामा चार वर्षमा चुनाव हुन्छ । ‘यो राष्ट्रपति अब एक वर्ष त हो नि’ भन्दै कोही हिँड्छ रु ‘अब समय सिद्धियो’ भनेर त हिँड्दैनन् नि १ त्यसैले यो अस्थिरता जनाउने खालको कुरा हो । संवैधानिक, कानुनी हिसाबले जे व्यवस्था छ, त्यसलाई अपमान गर्ने, उल्लंघन गर्ने कुरा, या जनताको अभिमतलाई अवमूल्यन गर्ने कुरा राजनीतिक ‘लिडर’ हरूले बोलेर हिँड्दैनन् ।