प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै मोदीले गरे नेपालीमै ‘ट्वीट’

प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै मोदीले गरे नेपालीमै ‘ट्वीट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्व योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ट्विटलाई मेन्सन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली मै जवाफ फर्काएका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै योग दिवसको शुभकामना दिएका थिए । साथै उनले प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत् मन वचन र कर्मले एकै स्थानमा रही जीवनलाई स्वस्थ बनाउने सफलता मिलोस् भनेका छन् ।

प्रम ओलीको ट्विटलाई मेन्सन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषा मै धन्यवाद दिए । ‘योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु,’

भारतीय प्रधानमन्त्री मोदीकै प्रस्तावमा संयुक्त राष्ट्रसंघले आजको दिन अर्थात् जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउन स्वीकार गरेको थियो ।