कुटनीति समाचार

प्रधानमन्त्री ओली र फ्रान्सका समकक्षी इडोर्ड फिलिपबीच द्विपक्षीय भेटवार्ता

पेरिस – प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार पेरिसमा द्विपक्षीय भेटवार्ता गरेका छन् ।

dish home

भेटका अवसरमा द्विपक्षीय हित र नेपाल फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको थियो ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाली वायुसेवामाथि युरोपमा लागेको प्रतिबन्ध हटाउन पहल गरिदिन फ्रान्सेली समकक्षीलाई आग्रह गरे । भेटमा फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपले नेपालले संयुक्त राष्ट्र संघ लगायत अन्तर्रा्ष्ट्रिय मञ्चहरूमा खेलेको भूमिको सराहना गरे ।

साथै प्रधानमन्त्री ओलीले नेपाल जलवायु परिर्वतनको असरबाट जोखिमा रहेको चर्चा गर्दै जयवायु परिवर्तनको असर कम गर्ने विषयमा फ्रान्सले खेलेको भूमिकाको प्रशंसा गरेका थिए भने प्रधानमन्त्री ओलीले फ्रान्सेली प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको र निम्तो स्वीकार्दै उपयुक्त समयमा नेपालको भ्रमण गर्ने वचन दिए ।

प्रधानमन्त्रीले आजै पेरिसमा रहेको नेशनल म्युजियम अफ एशियन आर्टको पनि भ्रमण गरे । सो संग्रहालयमा नेपालबाट हराएका दुईवटा मूर्ति रहेको र त्यसलाई संग्रहालयले प्रदर्शनीबाट हटाएर नेपाललाई फिर्ता गर्न चाहेको संग्रहालयका अधिकारीहरूले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

उनीहरूले ती मूर्ति फिर्ता गर्न केही कानुनी समस्या भएको र सो समाधान गरी छिट्टै फिर्ता पठाउने बताएका थिए । भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भेटमा दुबै नेताले नेपाल फ्रान्सबीचको ७० वर्ष लामो मित्रतापूर्ण सम्बन्धको चर्चा गर्दै यसलाई अझ बलियो बनाउनु पर्ने विषयमा जोड दिए ।

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top