बालुवाटारमा ओली–प्रचण्डबीच भेटवार्ता

बालुवाटारमा ओली–प्रचण्डबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान भेटवार्ता भएको छ ।

स्थायी समिति बैठक सकिएलगत्तै अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न सोमबार बिहान बालुवाटार पुगेका हुन् । ओली र प्रचण्डबीच भएको झण्डै दुई घण्टा लामो भेटमा सभामुख÷उपसभामुखको चयन र एमसीसीबारे छलफल भएको बताइएको छ ।

ओली प्रचण्डबीचको छलफलमा आइतबार सम्पन्न स्थायी समिति बैठकको समीक्षाबारे पनि कुराकानी भएको छ । संसद सचिवालयले आगामी पुस ११ गते सभामुख–उपसभामुखको निर्वाचन प्रकृया सुरु गर्ने जनाइसकेको छ ।

खासगरी स्थायी समिति बैठकमा एमसीसीबारे उठेका प्रश्न र बैठकले गरेको निर्णयबारे ठोस धारणा कसरी बनाउने भन्नेमा दुई नेताबीच परामर्श भएको बुझिएको छ ।