कांग्रेसको त्यो ‘हर्कत’ले प्रधानमन्त्री दुखी, बोलाए साँझ ५ बजे विशेष पत्रकार सम्मेलन


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सिंहदरबारमा पत्रकार सम्मेलन बोलाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्न पुगेका ओलीले नेपाली कांग्रेसको अवरोधका कारण सम्बोधन गर्न नपाएपछि पत्रकार सम्मेलन डाकेका हुन् ।

उनले प्रतिपक्षी दल नेपाली कांग्रसले संसदमा आज बोल्न रोकेकोमा दुःख व्यक्त गरेका छन् । उनले सामापजक सञ्जाल ट्वीटरमार्फत ट्विट गर्दै भनेका छन्, ‘प्रतिपक्षी दल नेपाली कांग्रेसले रोष्ट्रम घेरी अवरोध गरेका कारण मैले हालैको युरोप भ्रमण र गुठी विधेयक लगायतका समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।’

पत्रकार सम्मेलनमा ओलीले हालै सम्पन्न आफ्नो युरोप भ्रमण, विवादित गुठी विधेयक तथा लोकसेवा आयोगको विज्ञापनबारे प्रष्ट पार्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement