हामीले पाएको राजनीतिक उपलब्धिहरु जनताको कठोर संघर्ष र बलिदानका उपज हुनः प्रधानमन्त्री

हामीले पाएको राजनीतिक उपलब्धिहरु जनताको कठोर संघर्ष र बलिदानका उपज हुनः प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा आज आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । गणतन्त्र आएको दिनलाई नेपाली जनताले वि.सं. १९९७ सालभन्दा पहिलेदेखिको अभिष्ट पूरा भएको दिनको रुपमा स्मरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘वलजफ्ती थोपरिएको अन्यायका विरुद्ध न्यायको जीत हो । शताब्दीऔंदेखि दबाइएका मानिसका आकांक्षा, पीडा र आँशु गणतन्त्र वहालीको संघर्षका पत्रपत्रमा समाहित छन’ प्रधानमन्त्री ओलीले भने, ‘लोकतान्त्रिक अधिकारबाट वञ्चित हुँदा पनि इश्वरीय देन यही हो भन्ने मानसिकताबाट जनता क्रमशः जागरुक हुँदै गएर वलिदानी भावनाका साथ अग्रसर भएपछि एक दिन आएको थियो, गणतन्त्रको निर्णायक मोड । तसर्थः हामीले हासिल गरेको गणतन्त्र र राजनीतिक उपलब्धिहरु जनताको कठोर संघर्ष र बलिदानका उपज हुन् ।’

प्रधानमन्त्री ओलीले ११ बर्ष अघि आजकै दिन नेपालमा जनताले गणतन्त्र स्थापना गरेर राजतन्त्रलाई इतिहासमा सीमित गर्ने सफलता प्राप्त गरेको स्मरण गरेका छन् । ‘नेपाली जनताले जन्मजात श्रेष्ठताको प्रणालीको अन्त्य गरे । जुन प्रणाली, नेपालमा सयौं वर्षसम्म चलेको थियो ।’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो इतिहासमा राजा भनेर चिनिने प्राचीन कालका अगुवाहरु खासमा गणनायकहरु थिए । उनीहरु जनताबाट चुनिन्थे । उनीहरु पछिल्ला समयका जस्ता वंशाणुगत क्रममा शासन सत्तामा पुग्ने सामन्तवादका संरक्षक राजा थिएनन् ।’

प्रधानमन्त्री ओलीले हरेक वर्ष गणतन्त्र दिवसलाई एउटा प्रगतिशील परम्पराको शुरुवात भएको दिनको रुपमा स्मरण गर्नुपर्ने बताएका छन् । ‘यस दिनले हामीलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याउँदैछ, जन्मसिद्ध श्रेष्ठता गौरव गर्ने विषय हुँदै होइन् भन्ने बताउँदैछ’ प्रधानमन्त्री ओलीले भने ।