काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् । १५ दिन लामो सिंगापुर बसाइ पूरा गरेर शुक्रबार थाइ एयरवेजबाट उनी काठमाडौं उत्रिएका हुन्।
उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए । १० दिन सिंगापुरमा उपचार गरेर नेपाल आएका ओली १० दिन नेपालमा बसेपछि फेरि थप उपचारका लागि सिंगापुर फर्किएका थिए।
आज ओलीको प्रतीक्षामा मिडियाहरु विहानैदेखि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेका थिए तर प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् ।




प्रतिक्रिया