प्रधानमन्त्रीले भेटे मिर्गौला दिने समीक्षालाई

प्रधानमन्त्रीले भेटे मिर्गौला दिने समीक्षालाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र समीक्षा संग्रैलाबीच भेट भएको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने नाताले भान्जी पर्ने समीक्षाबीच बुधबार त्रिवि शिक्षण अस्पतालमा भेट भएको हो । भेटका क्रममा समीक्षाले प्रधानमन्त्रीलाई कस्तो छ मामा तपाईंलाई ? भनेर सोधेकी थिइन् ।

जवाफमा प्रधानमन्त्रीले आफु ठिक हुँदै गएको बताएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीलाई भेट्ने समीक्षा पहिलो व्यक्ति हुन् ।

उनी प्रधानमन्त्रीलाई भेट गरेपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।