प्रधानमन्त्री ओलीले भने -विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएको छैन्

प्रधानमन्त्री ओलीले भने -विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएको छैन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै राजनीतिक पार्टीलाई प्रतिबन्ध नलगाएको बताएका छन् ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमाथिको प्रतिबन्धका विषयमा आइतबार विराटनगर विमानस्थलमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

‘विप्लव नेतृत्वको समूह कतै दर्ता भएको छैन्, ओलीले भने, ‘संवैधानिक पार्टी नभएकाले उसका अराजक गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो ।’ उनले विप्लवमाथिको प्रतिबन्धलाई पार्टीमाथिको प्रतिबन्धका रुपमा नलिन सबैलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले संवैधानिक निकायको नियुिक्तमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भागबन्डा खोजेको भन्दै अब त्यो नमिल्ने बताएका छन् । प्रदेश १ मा आयोजित विभिन्न कार्यक्रममा भाग लिन आइतबार विराटनगर आइपुगेका प्रधानमन्त्री ओलीले मुलुकमा अब कुनैपनि कार्यमा भागबन्डा नहुने प्रष्ट पारेका हुन् ।

‘औचित्य र गुण, दोषका आधारमा कसैलाई कुनै निकायको जिम्मेवारी दिन सकिन्छ,’ उनले भने, ‘तर, अब भागबन्डा हुँदैन ।’ मुलुक विकासको सकारात्मक बाटोमा अघि बढेको उनको दाबी छ ।‘मुलुक सकारात्मक गतिका साथ विकासको बाटोमा अघि बढिसकेको छ,’ उनले भने, ‘गएको वर्षलाई सरकारले आधार वर्ष मानेको र आधार वर्षमासमेत ८ प्रतिशतको वृद्धि हुनु सकारात्मक हो ।’