प्रधानमन्त्री ओलीले भने : निर्मला हत्याको अपराधी जतिसुकै शक्तिशाली भएपनि उम्कन सक्दैन

प्रधानमन्त्री ओलीले भने : निर्मला हत्याको अपराधी जतिसुकै शक्तिशाली भएपनि उम्कन सक्दैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।

घटनाको अनुसन्धान छिटो र दोषीमाथि कार्वाहीको माग गर्न सोमबार निर्मलाका आमा बुबा सहित प्रदेश नं ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा कुनै हिसाबले शक्तिशाली भए पनि दोषी उम्कन नसक्ने बताएका छन् । निर्मलाको बाआमा यज्ञराज र दुर्गादेवीले प्रधानमन्त्रीलाई लिखित ज्ञापनपत्र बुझाएका थिए।

प्रधानमन्त्रीले घटनाको अनुसन्धानमा सरकार गम्भीर रहेको र दोषी जोसुकै भए पनि कारबाही गरिने आश्वासन दिएका थिए। ’तपाईंहरुले न्याय पाउनुहुन्छ, ढुक्क हुनुहुोस्’, प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीले निर्मलाको न्यायको लागि आफू प्रतिबद्ध रहेको समेत बताए। उनले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनेको विषयमा पनि अवगत गराएका थिए। गत साउन १० गते साथीको घरमा गएकी निर्मला ११ गते मृत अवस्थामा भेटिएकी थिइन्।