प्रधानमन्त्री ओलीद्धारा नेपाली सेनाको सलामी ग्रहण अस्वीकार

प्रधानमन्त्री ओलीद्धारा नेपाली सेनाको सलामी ग्रहण अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले दिने सलामी ग्रहण अस्वीकार गरेका छन् ।

आफू स्वास्थ्य उपचारका लागि गएको र आफ्नो भ्रमण अनौपचारिक भएकाले सलामीको आवश्यता नभएको भन्दै उनले नेपाली सेनाको सलामी ग्रहण अस्वीकार गरेका हुन् । विदेश भ्रमणबाट स्वदेश फर्किदा प्रधानमन्त्रीले पत्रकारलाई प्रतिक्रिया दिने प्रचलन पनि उनले अस्वीकार गरका छन् ।

थाइ एयरबाट दिउँसो सवा १२ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  आईपुगेका प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भने सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा नेता बामदेव गौतम र सुवास नेम्वाङलगायत मन्त्री तथा अन्यनेताहरु विमानस्थल पुगेका थिए ।