काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्रीले शितल निवासमा भेटवार्ता हुन् ।
यसअघि उनले शनिबार विहान खुमलटार पुगेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।प्रचण्डलाई भेटेर बाहिरिए लगत्तै उनी मन्त्रीहरूलाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका थिए।
सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नलिएको भन्दै प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ। यसअघि प्रधानमन्त्रीले राष्ट्रपतिसँग परामर्श गरेर मात्र अध्यादेश फिर्ता लिने बताएका थिए।




प्रतिक्रिया