पेटमा राखिएको ‘स्टेन्ट’ निकाल्न प्रधानमन्त्री पुगे शिक्षण अस्पताल

पेटमा राखिएको ‘स्टेन्ट’ निकाल्न प्रधानमन्त्री पुगे शिक्षण अस्पताल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् ।

मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक प्रधानमन्त्री ओली फलोअपका लागि आइतबार बिहानै त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।

मिर्गौला पुनः प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको ‘स्टेन्ट’ निकाल्नका लागि चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री अस्पतालमा गएका हुन् ।

केही फलोअप परीक्षण र स्टेन्ट निकालेपछि प्रधानमन्त्री ओली बालुवाटार फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा त्रिवि अस्पतालमा भर्ना भई शुक्रबार डिस्चार्ज भएर बालुवाटार फर्किएका हुन् ।

शिक्षण अस्पतालमा २१ फागुनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भाञ्जी नाताकी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् ।