काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको भेटवार्तामा जसपाले सरकारसमक्ष राखेका बांकी मागहरुको बारेमा छलफल भएको थियो । भेटमा जसपाका नेता राजेन्द्र महतो समेत सहभागी थिए ।
मन्त्रिपरिषदको बैठकले जसपाका नेता तथा कार्यकर्ताहरुमाथी लागेका १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेसंगै जसपा र सरकारबीच सम्झौताको तयारी भएको हो ।
सरकारले जसपाका १ सय २० जना नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । आजको भेटमा सहमतीको खाकालाई मुर्त रुपमा दिने बारेमा छलफल भएको थियो । स्रोतले दिएको जानकारी अनुसार जसपा र सरकारबीच आज सांझ वा भोलीसम्म सम्झौता गर्ने तयारी छ ।
सरकार र जसपाबीच जसपाका नेता कार्यकर्तामाथी लागेका बांकी मुद्दा फिर्ता लिने,संविधान रिभ्यु गर्नको लागी टास्कफोर्स वा कमिशन बनाउने, नागरिकताको समस्या समाधान गर्नको लागी संसद सचिवालयमा संविधान संशोधनको गर्नको लागी प्रस्ताव दर्ता गर्ने,लाल आयोगको प्रतिवेदनको साराशं सार्वजनिक गर्ने र ओली नेतृत्वको सरकारमा सहभागी हुनेलगायतको सहमती गर्ने तयारी छ ।




प्रतिक्रिया