काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालका हातबाट भाइटीका लगाएका छन्। बिहान ११:३७ को शुभसाइतमा बालुवाटारमा कोशल्याले दाजु केपी शर्मा ओलीलाई भाइटीका लगाइदिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
कोइरालाले प्रधानमन्त्री ओलीलाई सप्तरंगी टीका, मखमलीका साथै दुबोको माला पहिरियाइदिएकी थिइन्। यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई समेत कोइरालाले टीका लगाइदिएकी थिइन् । प्रधानमन्त्री ओलीले पनि बहिनी कौशल्यालाई सप्तरंगी टीका र मालाका साथै दक्षिणा प्रदान गरेका थिए ।





प्रतिक्रिया