प्रधानमन्त्री ओली भियतनाम जाँदै, नेपाल–भियतनाम हवाई सम्झौता हुने

प्रधानमन्त्री ओली भियतनाम जाँदै, नेपाल–भियतनाम हवाई सम्झौता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र भियतनाम वीच हवाई सम्झौता हुने भएको छ । भियतनामबाट सोझै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान गर्न नेपालले तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता गर्ने भियतनाम भ्रमणका क्रममा यस्तो सम्झौता गर्ने तयारी गरिएको हो ।

‘प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा हवाई सहित केही महत्वर्पूण सम्झौता हुँदैछ, हवाई सम्झौतासँगै त्यहाँका बुद्धधर्मावालम्बी नेपाल आउन सहज हुनेछ, यसले नेपाल भ्रमण वर्षलाई सकारात्मक टेवा दिनेछ’–भ्रमणबारे सञ्चारकर्मीलाई जानकारी दिदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो ।

‘आर्थिक पावर हाउस’का रुपमा उदाएको भियतनामसँग सिधा हवाई सम्पर्क जोडिएपछि नेपालको अन्तर्राष्ट्रिय व्यापार फराकिलो बन्ने उहाँको भनाई छ । भियतनामी समकक्षी गुयेन युवान फुकको औपचारिक नियन्त्रणमा प्रधानमन्त्री ओली यही बैशाख २६देखि ३० गतेसम्म सो मुलुकको भ्रमण गर्दै हुनुहुन्छ । यस अघि २० अक्टोबर २०१५मा नेपाल–भियतनाम वीच सिधा हवाई उडान गर्नेबारेको प्रारम्भिक हस्ताक्षर भएको थियो ।

हवाई उडानबारे ४ वर्ष अघि नै टर्कीको अन्तरालयमा हस्ताक्षर भइसकेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । विगतमा भएको सम्झौतालाई उच्चस्तरिय भ्रमणका क्रममा केही परिमार्जन सहित औपचारिकता दिने तयारी गरिएको मन्त्रालयका उप–सचिव प्रमोद नेपालले नेपाल समाचारपत्रलाई बताउनुभयो । प्रधानमन्त्री ओलीले भियतनाम भ्रमणका क्रममा त्यहाँ आयोजना हुने बैशाख सम्मेलन ९बुद्ध अन्र्तराष्ट्रिय सम्मेलन०लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्रले जनाएको छ ।

बुद्ध धर्मवालम्बी बाहुल्य सो मुलुकले हरेक वर्ष बुद्ध पूर्णिमाको अवसर पारेर यस्तो सम्मेलन आयोजना गर्दै विभिन्न मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुखलाई निमन्त्रणा गर्ने गर्छ । यसपटक नेपालका भिक्षु, विभिन्न दलका सांसद समेत सम्मेलनमा सहभगी हुँदैछन् । प्रधानमन्त्री ओलीले भियतनामी थिंक ट्यांकले आयोजना गर्ने जमघटलाई पनि सम्बोधन गर्ने बताइएको छ । नेपाल–भियतनाम वीच सन् १९७५मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । यो समाचार आजको समाचारपत्रमा छ ।