प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्काे निर्णय

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्काे निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैत २३ देखि २५ सम्म हुने प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई स्वीकृत गरेको हो ।

बैठकले प्रधानमन्त्री ओलीसँगै ३ जना मन्त्रीहरु भारत भ्रमणमा जाने टुंगो लगाएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले जानकारी दिए । उनले मन्त्रीहरुको नाम भने पछि सार्वजनिक गरिने बताए ।

राज्यमन्त्री वाँकोटाका अनुसार बैठकले भुक्तानी ऐन तथा फस्र्योट विद्येयकलाई पनि स्वीकृत गरेको छ । यस्तै आगामी चैत्र २८ गतेदेखि म्याद सकिन लागेको जिल्ला शिक्षा कार्यालयको म्याद जिल्ला शिक्षा समन्वय समिति नबनेसम्मका लागि असार मसान्त लागु हुने गरी थप गरिएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश २०७४’ र ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ लाई निर्णयार्थ पेश गर्ने पनि बैठकले निर्णय पनि गरेको छ। बैठकले एसियाली विकास बैंक (एडिबी) ले दिने भनिएको १० अर्ब सहयोग पनि लिने निर्णय गरेको छ।