मध्य तराईमा हावा हुरीका कारण विपत्तीमा परेकाहरुको उद्दारमा कुनै कमि नहोस् : प्रधानमन्त्री ओली


काठमाडौं – आइतबार साँझ बारा, पर्सा, रौतहटमा हावा, हुरी र असिना पानिमा परि घाईते भएकाहरुको उद्दारमा कुनै कमि हुन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

सुरक्षाकर्मी परिचालित भईसकेको जानकारी दिदै प्रधानमन्त्री ओलीले घाईतेहरुको उद्दार उपचारमा कुनै कमी हुन नदिने निर्देशन दिएका हुन् । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका ओलीले पार्टी पंक्तीलाई समेत पिडितहरुको उद्दारमा खटिन निर्देशन दिएका छन् ।

सो प्राकृतिक विपद्मा परि २७ जनाको ज्याई गईसकेको छ । उद्दार कार्य चलिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएके छ । हावा हुरी र भागदौडका कारण ४ सय भन्दा धेरै घाईते भएका छन् ।

भीषण हावाहुरीले बाराको पसौनी, फेटा र सुवर्ण गाउँपालिकामा २६ जनाको मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालले बताए । पर्साको वीरगञ्ज महानगरपालिका–१२ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै बालबालिका र बृद्धबृद्धाहरु छन् ।

हावाहुरीका कारण सवारी दुर्घटना हुँदा समेत केही घाइते भएका छन् । हावाहुरीले धेरै सर्वसाधरणको घर समेत उडाएको छ । हावाहुरीका कारण बिजुलीका पोल, रुख र पर्खाल ढलेर सर्वसाधरणलाई किचेको थियो । एक्कासी तीव्र गतिको हावा चलेकाले सर्वसाधरणको भागदौड मच्चिएको थियो । कतिपय घरमै बसेका व्यक्तिको समेत घर भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement