विवादित विषयमा प्रधानमन्त्री प्रचण्डले संसदमा प्रष्टीकरण दिने


काठमाण्डु – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन छलफल सुरु गरेका छन् ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन । उनले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गनसमेत आग्रह गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठक अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्री दाहालसँग टेलिफोन संवाद गरेर सो आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

सभामुखले आइतबार साँझपनि सदनको अवरोध हटाउन सरकारका तर्फबाट पहल गर्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतित भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुखले भनेका थिए, ‘समयमा नै संवादबाट निकास खोजौं, अब सदन अवरोध भइरहन सक्दैन ।’

सभामुखसँगको संवादमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको जनाउँदै आजको संसदमा आफूले प्रष्टिकरण दिने जनाएका छन ।

भारत भ्रमण जानुअघि नागरिकता बिधयेक प्रमाणित गरेकाे तथा सिमा बिबाद मिलाउनका लागि ब‌‌गलादेश जाने सहज बाटाे दिए भारतसँग कालापानी साटन मन्जुर रहेकाे जनाएपछि एमालेलगायत प्रतिपक्ष दलले प्रधानमन्त्रीकाे जवाफ माग गर्दै हिजाेवाट सदन अबरुद्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement