काठमाण्डु – प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर चलिरहेको छ । सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिइरहेका छन् ।
बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरूमाथिको जारी छलफलअन्तरगत विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची छ। आज संस्कृति,पर्यटन तथा नागरिक उड्डयन,गृह,रक्षा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय योजना आयोगको सचिवालय,राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुनेछ।




प्रतिक्रिया