मधेसमा बजेट कम विनियोजन गरिएको कुरा सत्य होइन: प्रधानमन्त्री प्रचण्ड

मधेसमा बजेट कम विनियोजन गरिएको कुरा सत्य होइन: प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशका लागि कम बजेट विनियोजन भएको भन्ने कुरा सही नभएको बताएका छन्। शुक्रबार संसद्‌मा जारी प्रश्नोत्तरमा सांसद अजय चौरासियाले राखेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

उनले भने, ‘मधेस प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने साँचो होइन। प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने रकमको १५ प्रतिशत रकम विनियोजन हुने गरेको छ।’ चौरासियाले ७० प्रतिशत राजस्व वीरगञ्ज भन्सारबाट उठ्ने, तर कम बजेट किन? भन्दै प्रश्न गरेका थिए।

प्रधानमन्त्री दाहालले मधेशमा अरू पनि थुप्रै आयोजनामा बजेटको प्रबन्ध गरेको बताए । उनले पर्साको वीरगञ्ज सहरको विकास सरकारको प्राथमिकतामा रहेको र नारायणी अस्पताल, ठाकुरराज बहुमुखी क्याम्पस लगायत त्यहाँको पुर्वाधार विकासमा समेत सरकारले बजेटको प्रबन्ध गरेको बताए ।