काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङमा जलवायु परिवर्तनको क्षति रोक्न ५० करोड उपलब्ध गराउने घोषणा गरेका छन् ।
बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्रद्वारा आयोजित जलवायु संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जलवायुसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त हुने ५० करोड मुस्ताङलाई उपलब्ध गराउने बताएका हुन् ।
‘पछिल्लोसमय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ। हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ। मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरें। मैले संयुक्त राष्ट्रसंघको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छ,’ प्रधानमन्त्रीले भने।
जलवायु परिवर्तन अहिले अन्तर्राष्ट्रिय चुनौती बनेको उनले बताए । हिमाल र हिमाली क्षेत्रमा भएको जलवायु परिवर्तनको क्षतिबारे विश्व समुदायले ध्यान नदिएर ग्लोबल फण्ड केन्द्रित नगरे ठूलो मानवीय र प्राकृतिक आपत्को स्थिति विश्वले नै सामना गर्नुपर्ने उनले बताए ।




प्रतिक्रिया