काठमाण्डु – ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्रिफिङ लिएका छन् ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ लिएका हुन् ।
ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुवँर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित थिए ।
ब्रिफिङमा उनीहरूले घटनाको बारेमा जानकारी गराउँदै छानविन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई अवगत गराएका छन ।
प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद् भएको बताउँदै छिटो र निष्पक्ष छानविन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताएका छन ।
शुक्रबार दिउँसो कोरियाकाे इपिएस प्रणालीका बिषयलाई लिएर बेरोजगार समुहले भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई गाडीबाट ओरालेर उनको सवारीमा आगजानी गरेका थिए । प्रदर्शनकारीले आगजानी गरेपछि प्रहरीले स्थीति नियन्त्रणमा लिनका लागि चलाएको गोली लागेर तथा कुटपिटबाछ दुई युवाको मृत्यु भएको थियो भने दर्जनाैं घाइते भएका थिए ।




प्रतिक्रिया