बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता, मन्त्रिमण्डल बिस्तारबारे छलफल

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता, मन्त्रिमण्डल बिस्तारबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा मन्त्रिपरिषद विस्तारमा भएका ढिलाई र मन्त्रालय भागबण्डाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले चैत ६ गते दाेस्राे पटक विश्वासकाे मत प्राप्त गरेपछि चैत १० गतेसम्म मन्त्रिमण्डल बिस्तार गर्ने दावी गरेका थिए। सत्तारूढ दलहरूबीच भागबन्डा नमिल्दा मन्त्रिमण्डल बिस्तार हुन नसकेकाे हाे। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति देउवासँग यही विषयमा प्रधानमन्त्रीले छलफल गरेका हुन्।