न्यूयोर्क – संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र संघको मुख्यालयमा बुधबार भेट भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको छ । दुई प्रधानमन्त्रीबीच भएको भेटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी थिए ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्र संघको फोरममा भेट तथा सम्वादलाई निरन्तरता दिइरहेका छन् ।




प्रतिक्रिया