काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्रीको सिंहदरबारस्थित कार्यकक्षमा प्रचण्ड र ओलीबीच छलफल भएको हो ।
छलफलमा प्रधानन्यायाधीश नियुक्ति, संसदीय सुनुवाइ समिति गठन, संवैधानिक परिषद्सम्बन्धी कानून निर्माण, टीआरसी विधेयक लगायको बिषयमा छलफल भएको बताइएको छ ।
बुधबार बसेको संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीश नियुक्ति बारे सहमति हुन सकेकाे थिएन । बुधबारको बैठकमा प्रधानमन्त्रीले प्रधानन्यायाधीश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, ओलीले सहमति जनाएका थिएनन् । आजको बैठकमा प्रधानन्यायाधीशसहित संसदीय सुनुवाइ समिति गठनलगगायको विषयमा छलफल भएको बताइन्छ ।




प्रतिक्रिया