काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।
आइतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा दिप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलको औंपचारिक उद्घाटन गरेका हुन् । उक्त समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो ।
समारोहमा विमानस्थलसम्म विभिन्न जातजातिको सांस्कृतिक झाँकी निकालिएको छ । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका शंकरराज पाठक पनि समारोहमा उपस्थित छन् ।
तर, आइतबार उद्घाटन भएको अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कहिले हुने भन्ने टुंगो छैन ।







प्रतिक्रिया