संसदको गतिरोध र बजेटका विषयमा राष्ट्रपति–प्रधानमन्त्रीबीच छलफल

संसदको गतिरोध र बजेटका विषयमा राष्ट्रपति–प्रधानमन्त्रीबीच छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु=राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् । प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा भेट पुगेका हुन् ।

भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले गतिरोध अन्त्यका लागि सहमतिको अधिकतम पहल गर्न सुझाव समेत दिएका थिए ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।

भेटमा प्रधानमन्त्री दाहालले सरकारले ल्याउन लागेको बजेटको तयारी लगायतका विषयमा पनि राष्ट्रपतिलाई जानकारी गराएका छन् ।