काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । बिहिवार ११ बजे नेकपाको स्थायी समिति वैठक बोलाइएको भएपनि मध्याह्न १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनी त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित स्थायि समितिका सदस्यहरु बालुवाटार पुगेपनि वैठक भने सुरु भएको छैन् । प्रधानमन्त्रीले स्थायी समितिको वैठक छल्न मन्त्रिपरीषदको वैठक बोलाएको हुन् सक्ने नेताहरुको अनुमान छ ।




प्रतिक्रिया