काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना नातेदार बुद्धि जिसीलाई आफ्नो जनसम्पर्क विज्ञमा नियुक्त गरेका छन् । गुल्मीका माओवादी नेता जिसी प्रधानमन्त्री दाहालको नजिकका नातेदार हुन् ।
उनि माओवादी केन्द्रको जिल्ला सचिवको जिम्मेवारीमा छन् । जिसी चितवन महानगर पालिकाकी मेयर रेणु दाहालकी नन्दको श्रीमान् हुन् ।
जिसी मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनमा गुल्मीको क्षेत्र नं २ को २ मा झिनो मतले पराजित भएका थिए । दाहालले आफ्नो सचिवालयमा छोरी गंगा दाहाललाई स्वकिय सचिव राखेका छन् । भने उनका ज्वांई जीवन आचार्य प्रदेश नम्बर १ को प्रदेश सरकारका मन्त्री छन् ।




प्रतिक्रिया