काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उपराष्ट्रपति नन्दकिशोर पुन बालुटार पुगेका छन् ।
मिर्गाैला प्रत्यारोपणको लागि आज साँझ अस्पताल भर्ना हुने प्रधानमन्त्री ओलीलाई अस्पताल जानुअघि नै भेट्न उपराष्ट्रपति पुन बालुवाटार पुगेका हुन् ।
भेटमा उपराष्ट्रपति पुनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको समेत कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आगामी बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्दैछन् । बुधबार गरिने मिर्गौला प्रत्यारोपणका लागि चिकित्सकहरूले आवश्यक तयारी गरेका छन् ।
ओलीलाई भाञ्जी नाता पर्ने समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिने भएकी छन् ।




प्रतिक्रिया