प्रधानमन्त्री देउवाले फागुन ४ मा राजिनामा दिने, बुढानिलकण्ठ त्यसै दिन सर्ने तयारी


काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ४ गते राजिनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री निकट स्रोतले लिएको जानकारीअनुसार देउवाले ४ गते राजिनामा दिएर बालुवाटार नै छोड्ने मनसाय बनाएका छन् ।

उनले त्यसका लागी बालुवाटारमा रहेको आफ्नो निजी सामान सोमबारदेखी नै निजी निवास बुढानिलकण्ठ सार्न सुरु गरिसकेका छन् । ‘प्रधानमन्त्रीले ४ गते राजिनामा दिने कार्यक्रम छ, त्यसै दिन उहाले बालुवाटार छोड्ने कुरा छ ।’ देउवा निकट एक नेताले काठमाडौंपाटीसंग भने ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्रीले फागुन ४ मा जनताको नाममा सम्बोधन गरेर राजिनामा दिने तयारीमा जुटेका छन् । राजिनामा घोषणा गरेकी दिन उनि आफ्नो निवास बुढानिलकण्ठ पुगेर कामचलाउ सरकारको प्रधानमन्त्रीको रुपमा काम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement