विजयकुमार गच्छदारले मागे प्रधानमन्त्रीको राजीनामा


काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले बिना तयारी गुठी विधेयक ल्याएर गल्ती गरेको भन्दै राजीनामा दिन तयार रहनुपर्ने बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उपनेता गच्छदारले गुठी विधेयक ल्याउने र त्यत्तिकै फिर्ता लिनु प्रधानमन्त्रीको कार्यशैलीले सही नठहर्यालउने बताए । ‘गुठी विधेयक ल्यायो, मनोमानी ढंगले फिर्ता लियो । फिर्ता गर्नु बहादुरी होइन’, गच्छदारले भने, ’मन्त्रिपरिषदको प्रमुख, कार्यकारी प्रमुखको नाताले संविधान विपरीत विधेयक ल्याएकाले नैतिक जिम्मेवारी लिनुपर्छ । गल्ती गर्नुभएको छ । प्रधानमन्त्रीले राजनीनामा दिन तयार हुनुपर्छ ।’

विगतमा सँगै काम गरेकाले दुई तिहाइको सरकार प्रमुखको आफूले सिधै राजीनामा माग नगर्ने तर प्रधानमन्त्रीले राजीनामा दिन तयार रहनुपर्ने गच्छदारको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement