काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।
महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रसंघमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी गराएका छन् ।
अहिले उनको संबोधन प्रतिनिधिसभामा जारी छ ।
प्रतिक्रिया