सेनालाई बलियो बनाउन पहल गरिरहेको प्रधानमन्त्रीको खुलासा


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाको पांचखालमा रहेको विरेन्द्र सैनिक शान्ति कार्य तालिम केन्द्रलाई क्षेत्रीय स्तरको बनाउने दाबी गरेका छन् ।

 

 

संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिएर बिहीबार राती स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले संचारकर्मीहरुसंग कुरा गर्दै सेनाको तालिम केन्द्रको स्तर उन्नतीको लागी आफुले राष्ट्रसंघका महासचिवलाई सहयोगको लागी प्रस्ताव गरेको बताए ।

 

 

 

उनले राष्ट्रसंघका महासचिवले सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिए ।  उनले सार्कको शिखर सम्मेलन गर्ने विषयमा समेत आफुले उपलब्ध सार्क मुलुकका परराष्ट्रमन्त्रीहरुसंग छलफल  गरेको जानकारी समेत दिए ।  

 

 

 

प्रधानमन्त्रीले ओमान भ्रमण समेत सफल भएको दाबी गरे । पहिलो पटक  ओमानमा भएको प्रधानमन्त्रीको भ्रमण सफल भएको देउवाको भनाई  थियो । उनले ओमानमा कार्यरत नेपालीहरुको हकहितको रक्षाको लागि द्विपक्षीय सम्झौताबारे छलफल भएको बताए ।

 

 

 

 

प्रधानमन्त्रीले आन्दोलनका कार्यक्रम फिर्ता लिन पनि चिकित्सकहरुलाई आग्रह गरेका छन् ।  उनले चिकित्सकहरुका जायज माग पुरा गर्न सरकार तयार रहेको बताए । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री देउवा यही असोज २ गते अमेरीकाको न्युयोर्क प्रस्थान गरेका थिए ।

 

 

 

उनि त्यहीबाटै ओमानको औपचारीक भ्रमणको क्रममा मस्कट पुगेका थिए । देउवाले अरव र अफ्रीकामा कार्यरत नेपाली राजदूतहरुको सम्मेलनलाई समेत सम्बोधन गरेका थिए ।

 

 

ओमानबाट फर्केका प्रधानमन्त्रीलाई  त्रिभुवन त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्न उपप्रधान तथा स्थानीय विकाश मन्त्री विजय कुमार गच्छदार, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देव लगायत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement