प्रधानमन्त्री ओलीले भनेः गरिबी र गणतन्त्र सँगसँगै रहन सक्दैनन्

प्रधानमन्त्री ओलीले भनेः गरिबी र गणतन्त्र सँगसँगै रहन सक्दैनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने बताएका छन् ।गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने भन्दै गणतन्त्रबाट गरिबी हटाउन सरकारले सुशासन र विकासलाई प्राथमिकता दिएको बताएका छन् ।

जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको बताए  । ‘हाम्रो ध्येय गरिबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्ध केन्द्रित छ  । गरिबी र लोकतान्त्रिक गणतन्त्रसँगसँगै रहन सक्दैनन् ।

त्यसैले सुशासन र विकास आज हाम्रा प्राथमिकता हुन्’ जारीे सन्देशमा उल्लेख छ, ‘त्यसैले यो प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छाशक्तिका साथ समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर छ ।’