प्रधानमन्त्रीले सिंगापुरको सरकारी अस्पतालमा स्वास्थ्य परिक्षण गर्ने,को-को जांदैछन् प्रधानमन्त्रीसंगै ?

प्रधानमन्त्रीले सिंगापुरको सरकारी अस्पतालमा स्वास्थ्य परिक्षण गर्ने,को-को जांदैछन् प्रधानमन्त्रीसंगै ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागी शनिवार सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री ओलीसंगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्वकिय सचिव राजेश ब्रर्जाचार्य, डेपुटी चिफ अफ प्रोटोकल समेत रहेकी परराष्ट्र मन्त्रालयकी उपसचिव इन्दिरा अर्याल र निजि चिकित्सक दिव्या शाह पनि सिंगापुर जाने तय भएको छ ।

त्यसैगरी दुई जना अगंरक्षक समेत प्रधानमन्त्रीसंगै सिंगापुर जानेछन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा हुनेछ । सिंगापुरको सरकारी अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य जांच हुने उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन् । उक्त अस्पताल मृगौला र कलेजोको प्रत्यारोपणको लागी संसारभर प्रसिद्ध रहेको छ ।

सैनिक अस्पताल छाउनीमा प्रधानमन्त्रीको स्वास्थ्य जांच भएपछि उनलाई चिकित्सकले सिंगापुर जान सल्लाह दिएका थिए । प्रधानमन्त्रीको रगत परिक्षण गरेपछि क्रेटिनाइनोको मात्र बढेको र पिसावबाट प्रोटिन जाने गरेको रिपोर्ट आएको थियो । प्रधानमन्त्री ओलीले १२ वर्षअघि दुवै मृगौलाको प्रत्यारोपण गरेका थिए । उनले बैंकक र नयां दिल्लीमा गएर यसअघि उपचार गरेका थिए ।