प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिंगापुर जांदै

प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिंगापुर जांदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि भदौ ५ गते सिंगापुर जाने भएका छन् । गत साउन १८–२७ गतेसम्म उपचार गरेर फर्किएका ओली फलोअप उपचारका लागि भदौ ५ गते पुनः सिंगापुर जान लागेका हुन् ।

सिंगापुरबाट फर्किएपछि उनको स्वास्थ्यमा सुधार नभएको समाचार प्रकाशित भएको थियो । तर, ओलीले भने आफु स्वस्थ भएको बताएका थिए । 

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण सिंगापुरको सरकारी अस्पताल नेसनल युनिभर्सिटी अस्पताल (एनयूएच) मा भएको थियो । पुर्वानिर्धारित कार्यक्रमअनुसार नै उनी पुनः फलोअपका लागि सिंगापुर जान लागेका प्रधानमन्त्री निकट स्रोतको दावी छ । 

प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केलगत्तै नेकपाको एकताको विभागको नेतृत्वको टुंगो लागेको थियो ।