रोष्ट्रममा पुगेका प्रधानमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले गलत गर्योः योगेश भट्टराई


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्ष दल कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएकोमा आपत्ति जनाएका छन् ।

सांसद भट्टराईले जनसरोकारका विभिन्न विषयमा सरकारको पोजिशन स्पष्ट पार्न रोष्टममा पुगेका प्रधानमन्त्रीलाई बोल्न नदिएर, संसद चल्न नदिएर निन्दनीय काम गरेको उल्लेख गर्दै कांग्रेसले धावा बोलेको दाबी गरे ।

संघीय संसद भवन परिसरमा संचारकर्मीहरुसँगको कुराकानीमा सांसद भट्टराईले आफूलाई संसदीय व्यवस्थाको पर्यायवाची ठान्ने कांग्रेसले प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएको यो घटना नेपालको संसदीय व्यवस्थामाथि इतिहासकै निन्दनीय भएको बताए ।

कांग्रेसले प्रधानमन्त्रीले बोल्नु अघि प्रतिपक्ष दलका नेताले बोल्न पाउनुपर्छ भनेर संसदमा अनैतिक कुरा गरेको सांसद भट्टराईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement