काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले हाल सम्हालिरहेका मन्त्रालयको कार्यबोझ घटाउने भएकी छिन् ।
निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्दै उनले हाल सम्हालिरहेका चार मन्त्रालयमध्ये केहीको कार्यबोझ घटाउने तयारी गरेकी हुन् ।
अहिले कार्कीले प्रधानमन्त्रीसहित परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालय सम्हाली रहेकी छिन् । तर निर्वाचनलाई पुरै समय दिनका लागि केहि मन्त्रालय अन्य मन्त्रीलाई सुम्पिने तयारी भइरहेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री कार्कीले अब अधिकांश समय निर्वाचन तयारी, राजनीतिक संवादमा केन्द्रित गर्ने बताइएको छ। उनले शिर्ष नेताहरुसँग छलफल गर्ने तयारी समेत गरेकि छिन् ।
अघिल्लो साता चौथो पटक मन्त्रिपरिषद् विस्तार भएको थियो । हाल सरकारमा प्रधानमन्त्री कार्कीसहित १४ सदस्यीय मन्त्रिपरिषद् रहेको छ ।
सरकारले निर्वाचनसम्बन्धी बाँकी कानुनी तथा प्राविधिक तयारी समयमै पूरा गर्ने र सबै सरोकारवालासँग छलफललाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ।




प्रतिक्रिया