प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर भारत फर्के विजेपी नेता स्वामी 


काठमाडौं– भारतिय जनता पार्टी (विजेपी)का एक प्रभावशाली नेता खुसुक्क नेपालको एक दिने भ्रमण गरेर भारत फर्केका छन् । भारतिय जनता पार्टीका राज्यसभाका सांसद समेत रहेका नेता सुवर्णमणी स्वामी शनिवार नेपाल भ्रमण गरेर नयां दिल्ली फर्केका छन् । 

विजेपी सांसद स्वामी एयर इण्डियाको विमानबाट विहान ९ वजेर १० मिनेटमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए भने सांझ ५:२० वजे चार्टर विमानबाट स्वदेश फर्केका हुन् ।  

भारतको केन्द्र सरकारको पुर्वमन्त्री समेत रहेका स्वामी विष्णु हिन्दु महासंघको कार्यक्रममा समेत सहभागी भएका थिए । 

उनले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसंग समेत भेटवार्ता गरेका छन् । नेता स्वामी प्रधानमन्त्री ओलीलाई भेटन् शनिवार दिउंसो ३ बजेर ३५ मिनेटमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । 

रक्षामन्त्री ईश्वर पोखरेल र नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले भेटेर फर्केलगत्तै नेता स्वामी बालुवाटार प्रवेश गरेको स्रोतको दावी छ । भारतिय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलको भ्रमणलगत्तै राज्य सभाका सांसद रहेका स्वामीको भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement