काठमाडौं – काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा गराएको उपचार खर्च सरकारले नबेहोर्ने भएको छ । मन्त्रिपरिषले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवंम् सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘आउने जाने प्लेन खर्च सरकारले व्यहोर्छ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिंगापुर प्रस्थान गरेका छन् । “प्रधानमन्त्रीले आफ्नै खर्चमा उपचार गर्नुहुन्छ,” बाँस्कोटाले पत्रकार सम्मेलनमा भने, “सरकारी कर्मचारीको खर्च, आउने जाने, बसोबास खर्च भने सरकारले स्वीकृत गरेको छ । प्रधानमन्त्रीको भाडाबाहेक अन्य उपचार खर्च सरकारले बेहोर्दैन ।”




प्रतिक्रिया