प्रधानमन्त्री कार्की र अमेरिकाका राजदूत थम्पसनबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र अमेरिकाका राजदूत थम्पसनबीच भेटवार्ता


काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

उनीहरुबीच सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।

भेटमा दुवै पक्षबीच द्विपक्षीय हित, सहयोग र समसामयिक विषयमा छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई लामो समयदेखि पुर्‍याउँदै आएको विकास सहयोग र समर्थनका लागि धन्यवाद व्यक्त गरिन् ।

विशेष गरी आगामी फागुनमा हुने निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सहयोगको अपेक्षा रहेको बताइन् ।