कांग्रेससँग मुद्दा छैन, मार्सी चामलको विज्ञापनमा गर्दै हिड्यो : प्रधानमन्त्री

कांग्रेससँग मुद्दा छैन, मार्सी चामलको विज्ञापनमा गर्दै हिड्यो : प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले निरिह भएर मार्सी चामलको विज्ञापन गर्दै हिँडेको आरोप लगाएका छन् । नेकपा सम्बद्ध पत्रकारहरुसँग आज धुम्बाराहीमा भएको छलफलमा प्रधानमन्त्री ओलीले मार्सी चामलको भातै खान नपाउने भनेर कतै उल्लेख नभएको भन्दै विपक्षी दल कांग्रेसको चर्को आलोचना गरेका हुन ।

उनले पार्टी अध्यक्ष प्रचण्डसहित आफु व्यवसायी दुर्गा प्रसाइँकहाँ गएको र मार्सी चामलको भात खाएको समेत स्विकारे ।

‘प्रचण्डजी र म दुर्गा प्रसाई कहाँ जानु, भात खानु गलत हो भने गलत हो’ प्रधानमन्त्री ओलीले भने । कांग्रेसबारे तिखो आलोचना गर्दै प्रधानमन्त्रीले विपक्षीसंग मुद्दा नभएकै कारण मार्सी चामलको विज्ञापन गर्दै हिडेको आरोप लगाए ।

गत फागुन ६ गते मेडिकल कलेज सञ्चालक प्रसाईंको भक्तपुर सानोठिमीस्थित निवासमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओली वार्ताका लागि पुगेका थिए। त्यही दिन वार्तापछि खाना खाएको फोटो समेत सोसल मिडियामा भाइरल भएको थियो।