काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) का महासचिब सहिदुल इस्लामले भेटघाट गरेका छन्।
भेटमा प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरका संगठनहरुलाई विकास र समृद्धिको माध्यमको बनाउनुपर्ने बताए। प्रधानमन्त्री ओलीले विमस्टेकका बिगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनु पर्ने बताए।
प्रधानमन्त्री ओलीले विमस्टेक सञ्चालनका लागि अल्पकालिन,मध्यकालिन र दीर्घकालिन योजना बनाएर अघि बढ्नु उपयुक्त हुने उल्लेख गरे। केही समयभित्रै नेपालमा विमस्टेकको सम्मेलन गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनबाट यस क्षेत्रका जनताका लागि प्रभावकारी हुने किसिमका कार्यक्रम ल्याउनु पर्ने बताए।
प्रधानमन्त्री ओलीले विमस्टेक नतिजामुखी हुनुपर्नेमा जोड दिए। ‘हामी आर्थिक सामाजिक विकासमा द्रुतगतिमा दौडनु पर्दछ । विमस्टेक यस प्रक्रियाप्रति प्रतिबद्ध छ,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले बंगालको खाडी वरीपरीका मुलुक भएकोले पानी जहाज सञ्चालन गर्नुपर्यो । ‘जसको माध्यमबाट विमस्टेकका सदस्य राष्ट्रहरु एकआपसमा जोडिन थप सहज हुनेछ,’ उनले भने।




प्रतिक्रिया