पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि मिर्गौला प्रत्यारोपण हुने

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि मिर्गौला प्रत्यारोपण हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । प्रत्यारोपणका लागि भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सहयोग गर्ने भएको छ ।

प्रदेशका विभिन्न स्थानमा डायलायसिस सेवा विस्तार गर्ने, प्रत्यारोपण तथा डायलायसिसको लागि प्रत्यारोपण केन्द्रले जनशक्तिको तालिम अध्ययापन आदि व्यवस्थापन गर्ने, प्रदेशमा आवश्यक जनशक्तिको तालिम प्रत्यारोपण केन्द्रमा गर्ने र सेवा सञ्चालन गर्नका लागि प्रत्यारोपण केन्द्रमा कार्यरत अनुभवी जनशक्ति परिचालन गर्ने बिषयमा दुइृ संस्थाबिच सहमति भएको छ ।

नेपालमा बार्षिक ३ हजार बढीको मिर्गौला फेल हुने गरेको छ । सरकारले डायालासिस तथा प्रत्यारोपण केन्द्रलाई सातवटै प्रदेशमा विस्तार गर्ने योजना बनाएको छ । यहि योजना अन्तरगर्त प्रत्यारोपण केन्द्रले प्रतिष्ठानसंग सम्झौता भएको हो ।